Logo

५ बर्षमा तयार भयो धरहरा, उद्घाटन आज



काठमाडौ । २०७२ वैशाख १२ को भुकम्पले भत्किएको धरहराको पुनःनिर्माण सकिएको छ। धरहरा तयार भएसँगै भोलि उद्घाटन गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्दैछन्। भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले २२ तलाको धरहरा बनाइएको छ। आइतबार धरहराको टुप्पोमा गजूर राखिएको थियो। करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भइरहेको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ। तर सुन्धाराको बिस्तारित क्षेत्रमा समेटिने वरपरको बगैँचासहितको भाग भने बिस्तारै निर्माण हुँदै जाने जनाइएको छ। गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाइने छ। त्यहाँ पानीको फोहोरासहितको बगैँचा, संग्रहालय, तीनतले पर्किङ्ग, उपहार पसलहरु, थिएटरसहितका पूर्वाधार हुने छन्। नयाँ धरहरामा दुईवटा लिफ्टको समेत व्यवस्था हुनेछ।

प्रतिक्रिया दिनुहोस्