Logo

मोडल अञ्जली अधिकारीलाई कलेजमा नै अर्जुनले समाएपछि भो हङ्गमा (भिडियो )



काठमाडौं । पछिल्लो समय चर्चित मोडल अञ्जली अधिकारीको चर्चा थप चुलिएको छ । एक पछि अर्को चर्चित गीतमा छाएकी अञ्जलीले बोलमाया, गलबन्दीपछि पछाडी फर्केर हेर्नु परेको छैन । यसैबिच नयाँ वर्षको अवसर पारेर लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका एवं उद्घोषीका शितल शर्माले बजारमा ल्याएको उपहार ‘पिरतीमा ए प्लस’मा पनि अञ्जलीकै अभिनय रहेको छ । जसमा अञ्जली अधिकारीसँग अर्जुन गौतमले अभिनय गरेका छन् ।

गीतकार रमेश बिजीको शब्द सिर्जना रहेको उक्त गीतमा गायक महतले नै संगीत भरेका हुन् । प्रिज्म स्टेडियोमा रेकर्ड गरिएको गीतका कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ । गीतमा अन्य गायक गायिकाहरु गोविन्द अनेक, पदम ल्वागुन, स्मृती शाही र आकृति विश्वकर्माले पनि बैकुण्ठ र शिलतलाई आवाजमा साथ दिएका छन् । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई करण चैसीरले छायांकन गरेका हुन् ।

मनोज कार्कीले सम्पादन गरेको उक्त गीतको भिडियो गायिका शितल शर्माकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको शब्दमा विद्यार्थी जीवन र माया प्रेमका विषयलाई कलात्मक तरिकाले उठाइएको छ । जुन भिडियोमा हेर्दा हरेक युवायुवतीले आफ्नै कलेज लाइफका दिनको याद गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्