Logo

धनगढीका २५ सहित थप ३१ जनामा कोरोना पुस्टि



धनगढी । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३१ जनामा संक्रमण पुस्टि भएको छ।

शुक्रबार ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमित हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र चुरे गाउँपालिकाका १/१ जना रहेका छन् । 

यस्तै डोटी र कञ्चनपुरका समेत १/१ जनामा संक्रमण पुस्टि भएको छ ।

हाल सेती अस्पतालमा १६ संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्