Logo

‘कहिले भेट्ने खै ३’ मा खगेन्द्र र वर्षा (भिडिओ)



काठमाडाैँ । ‘कैले भेट्ने खै’ काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । उक्त म्युजिक भिडियाे गायक तथा संगीतकार अल्मोडा राणा उप्रेतीको लोकप्रिय गीत हो । पहिलो र दोस्रो भागको सफलतापछि उनले नयाँ वर्षको समय पारेर गीतको तेस्रो भाग सार्वजनिक गरेका छन्। 

गीतको भिडिओमा नेपाली सिनेमाका चर्चित अनुहार खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीले अभिनय गरेका छन्। ‍रञ्जित ‍बल्लव उप्रेतीको निर्देशन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियो चिन्तनराज भण्डारीले खिचेका हुन्।

भिडियो एट के एभरेस्ट मोसन्स पिक्चर्सबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्