Logo

नेप्से हालसम्मकै उच्च विन्दुमा,कारोबार रकम पनि बढ्यो



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार सात सय ३५ दशमलब ४६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र ३१ गते बुधबार नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २०.६१ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ४० विन्दुमा पुगेको छ ।

बिहीबार आठ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बेष्ट फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढ्दा एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

सर्वाधिक मूल्य घट्ने कम्पनीमा भने नेशनल माइक्रोफाइनान्स रहेको छ । मल्टि प्रपोज फाइनान्स, मितेरी डेभलोपमेन्ट बैंक, साल्ट ट्रेडिङ, स्वाभिमान लघुवित्त र मिथिला लघुवित्तको रहेका छन् । यी कम्पनीको शेयर मूल्य तीन प्रतिशतसम्म घटेको छ ।

आज एनआइसी एशिया लघुवित्त, निफ्रा, एनआइसी एशिया बैंक, नबिल बैंक र नेपाल बंगलादेश बैंकको उच्च कारोबार भएको छ । एनआईसी एशिया लघुवित्तको करिब ५० करोड बराबरको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्