Logo

कोभिड–१९ बाट बाँके र पर्सामा एक–एकको मृत्यु




काठमाडौं । कोरोना संक्रमणबाट बुधबार राति र बिहीबार बिहान पर्सा र बाँकेमा एक –एक व्यक्तिको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–२ की ४२ वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । ती महिलाको उपचारकै क्रममा बिहीबार बिहान सवा ८ बजेतिर मृत्यु भएको डा. दासले बताए ।

त्यस्तै गरी बाँकेको खजुराका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा बुधबार राति १० बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार स्वास्थ्यमा समस्या भएपछि बुधबार नै मेडिकल कलेजमा ल्याइएको थियो । सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्