Logo

नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु



काठमाडौँ । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।

केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।

केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा छन्। तीमध्ये शर्मा र पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् भने बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।

शर्माको प्यानलमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पत्रकारहरू छन् भने नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन, एमालेको माधवकुमार नेपाल समूह निकट पत्रकार र माओवादी केन्द्रको प्रेस सेन्टरले पोखरेलको नेतृत्वमा प्यानल बनाएका छन् ।

आजको निर्वाचनबाट केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयन हुनेछन् । त्यसका लागि १३ हजार भन्दा बढी पत्रकारहरुले मतदान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्