Logo

एघार ठेकेदार कम्पनी कालो सूचीमा



काठमाडौं । ठेक्का लिएर काम नगर्ने ११ वटा ठेकदार कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले ११ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयको सोमबार बसेको बैठकले ती कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षका लागि कालोसूचीमा राखेको कार्यालयका सूचना अधिकारी राजेशकुमार थापाले जानकारी दिएका छन्।

कार्यालयले कारबारही गरेका ठेकदार कम्पनीहरुमा विनायक कन्स्ट्रक्सन, आरएस निर्माण सेवा, बी ब्रदर्स निर्माण सेवा, शर्मिला निर्माण सेवा तथा हेटौंडा कन्स्ट्रक्सन रहेका छन् ।

त्यसैगरी रौतहटको सरस्वती कन्स्ट्रक्सन, पर्साको अभय कन्स्ट्रक्सन, बाराका जनजागृति कन्स्ट्रक्सन र विशाल कन्स्ट्रक्सन कालोसूचीमा परेका छन् । त्यस्तैगरि, काठमाडौंको नयाँ युग निर्माण सेवा पनि कालोसूचीमा परेको छ ।

कालोसूचीमा राखिएको अवधिभर निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन नपाउने कानुनी प्रवधान रहेको थापाले बताएका छन् । उनका अनुसार सडक डिभिजन हेटौंडाले कालोसूचीमा राख्न लेखी पठाएका आधारमा ११ वटै कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार ठेकदार कम्पनी अझै धेरैलाई कारबाहरीमा राखिएको र उनीहरुको कम्पनीको कामकारबाहि फुकुवा गर्ने प्रक्रियामा रहेका छन् । ठेकदार कम्पनीका अन्तरिक कारणले लिएको काम समयमा नसक्ने र गुणस्तरीय काम नगरेका कारण विभिन्न स्थानबाट उजुरी पर्ने गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । आम उपभोक्ताको उजुरी र प्रतिस्पर्दी ठेकदारको उजुरीका कारण स्थानीय सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले अहिले पनि दर्जानौ कम्पनीहरुलाई कारबाहीको प्रक्रिया (एक्टिभ) अबस्थामा राखेको छ भने केहि कम्पनीहरुले अदालतबाट मुद्दा जितेर आएपछि सस्पेन्डेडमा राखिएका थापाले बताए । त्यस्तैगरि, सार्वजनिक खरिद अनुगमन कार्यालयले कारबारही फुकुवा गरेका कम्पनीहरुर्ला भने इनएक्टिभ भन्ने शब्द राखेर कारबारही फुकुवा गरेको जानकारी दिने गरेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्