Logo

उकालो लाग्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा साताको तेस्रो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार स्थीर बनेर सोमबार २०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार तोलाको ३०० रुपैयाँले बढेको हो ।

मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५०० रुपैयाँ, तेजावी ८७ हजार ५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २३५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मूल्य ८७ हजार २०० रुपैयाँ, तेजावी ८६ हजार ७५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य मंगलबार उकालो लागेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्