अक्षय कुमारलाई कोरोनाः घरबाट अस्पताल लगियो

एजेन्सी । कोरोना संक्रमित बलिउड स्टार अक्षय कुमारलाई अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएअनुसार अक्षयलाई मुम्बईस्थित हिरानन्दीनी नामक अस्पतालमा भर्ना गरिएको छ ।
हालै उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको र आफूसँग सम्पर्कमा आएकाहरुलाई सावधान रहन आग्रह गरेका थिए ।
कोरोना भाइरसबाट बच्ने तरिकाबारे अक्षयले टिभी एड पनि गरेका थिए । तर उनैलाई यसपटक संक्रमण भएको छ । पछिल्लो समय उनी राम सेतु नामको फिल्मको सुटिङमा व्यस्त थिए ।