Logo

प्रचण्डले आज ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । स्थायी समिति बैठक आज ११ बजेदेखि कोटेश्वरस्थित पार्टी कार्यालयमा बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेर त्यसलाई केन्द्रीय कमिटीमा अनुमोदनमा लैजाने सक्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

बिहीबार बसेको बैठकले एकर दुई दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको परिवेशमा बस्न लागेको माओवादी केन्द्रको बैठकलाई महत्त्वका साथ हेरिएको छ । लगत्तै स्थगित केन्द्रीय कमिटी बैठक पनि बस्ने भएकोले उक्त बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

२३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यस अघि नै समर्थन फिर्ता लिने सहमति भैसकेकोले आज औपचारिक निर्णय हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्