Logo

गैंडा गणना गर्ने टोलीमाथि जंगली हात्तीको आक्रमण, पाँच घाइते

आक्रमणकारी ध्रुवे हात्ती, गणना हाललाई स्थगित




काठमाडौं । गैंडा गणना गर्न गएको टोलीमाथि जंगली हात्तीले आक्रमण गर्दा शुक्रबार चितवन राष्ट्रिय निकुञ्जमा पाँच गणक घाइते भएका छन् ।


घाइते हुनेहरुमा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका छन । उनलाई थप उपचारकालागि साँझ पाँच बजे हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार आक्रमणमा परि अन्य चार जना सामान्य घाइते भएका छन् ।

टोली निकुञ्जको पश्चिमतर्फको गैंडाखासा भन्ने ठाउँमा पुग्दा जंगली हात्तीसँग जम्का भेट भएको थियो । यसपटक आक्रमण गर्ने हात्ती पहिलेकै हिंस्रक ध्रुवे हात्ती भएको अनुमान गरिएको छ । ध्रुवे हात्तीले हालसम्म १३ जनाको ज्यान लिइसकेको छ । ध्रुवे हात्तीलाई सरकारले नै मार्न पनि खोजेको थियो ।

यो घटनासँगै गैंडा गणना हालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्