Logo

कांग्रेसले ओली सरकारको विकल्प खोज्ने




काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच ओली सरकरको विकल्प खोज्न पहल गर्ने सहमति भएको छ । विपक्षी दलहरुसँग सम्वाद अघि बढाएर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न प्रयास गर्ने सहमति भएको कांग्रेसका एक उच्च नेताले जानकारी दिएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिलौटालगायतबीच छलफल भएको थियो ।

सरकारको विकल्प दिने अवसर कांग्रेसलाई हुँदा हुँदै पनि सभापति देउवाले चासो नलिएको भन्ने दबाबका बीच कांग्रेसमा यस किसिमको सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्