Logo

प्रधानमन्त्रीलाई युवा संघको समानान्तर कमिटीको पत्रः ‘असली हामी हौं’




काठमाडौं । नेकपा एमालेको युवा संगठन –युवा संघ नेपालको नेतृत्व वरिवर्तन भएकोछ । पार्टीका निलम्बित नेता माधवकुमार नेपालनिकट समूहले ७ चैतमा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन गरेको जानकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि दिएको छ ।

युवा संघका महासचिव दीपक जिएमले अदालतको फैसलापछि पुनस्र्थापित युवा संघले आफ्नो नेतृत्व परिवर्तन गरेको र संघको झन्डा, विधान, लोगो प्रयोगको अधिकार नयाँ नेतृत्वमा निहित रहेको पत्र पार्टी अध्यक्षलाई पठाएका छन्

पत्रमा युवा संघको झण्डा, नाम र विधान अरुले पनि प्रयोग गरिरहेकाले त्यस्तो कार्य रोक्न माग समेत गरिएको छ । ‘राष्ट्रिय युवा संघको नाममा पूर्व युवा संघ नेपालका र पूर्व वाइसीएलका केही व्यक्तिहरुले हाम्रो संगठनको झण्डा र लोगो समेत मिल्दो राखी गतिविधि गरेको भन्ने जानकारीमा आएको हुँदा त्यस्तो नगर्न÷नगराउन समेत पार्टीले निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं’, पत्रमा उल्लेख छ ।

नेता नेपाल समूहका युवा संघले राष्ट्रिय भेला गरेर नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्