Logo

नयाँ गीत ‘मयालु‘’ सार्वजनिक



काठमाडौँ । देवेन्द्र बब्लुको नयाँ गीत ‘मयालु‘’ सार्वजनिक भएको छ । मौलिक शैलीमा तयार पारिएको उक्त गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईंको स्वर रहेको छ ।

गीतमा ब्लुकै शब्द तथा सङ्गीत रहेको छ । भिडियो समेत बब्लुले नै निर्देशन गरेका हुन् । भिडियोमा प्रस्तुत गरिएको कथा विशाल घिमिरेले तयार परेका हुन् । भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देवेन्द्र बब्लु, कविता न्यौपाने, गोपाल परियार, काका हुमागाईँ, सबिन ढुङ्गाना, गणेश भण्डारी लगायतका कलाकारहरू फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्