Logo

ब्रेक अप म्युजिक भिडियो सार्वजनिक



काठमडौँ । ब्रेक अप म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत ‘माया गरौँला’ को दोस्रो भाग ‘माया गरौँला २’ (ब्रेक अप) सार्वजनिक भएको हो । किरण भुजेल र समीक्षा अधिकारीको स्वर रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

गीत जीवन बडूले सङ्गीत संयोजन गरेका हुन् । भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आँचल शर्माको अभिनय देख्न सकिन्छ । विक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र उनको टिमले खिचेका हुन् । भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन् भने निर्देशक सरोज ओली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्