Logo

पत्ता लागेन अझै प्रचण्डसंग कुरा गर्ने गिरिजाबाबुको मोवाइल



कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनले सिंगो राष्ट्र शोकमा परेको छ । कोइरालाको निधन भएको पाँचौ बुधवार दिन कुनै समय कोइरालाको निजि सचिव भएका बालकृष्ण दाहालकोमा राजधानी पुग्दा घरमा नै कोइरालाको तस्विरमा माला लगाएर राखिएको थियो । हुनपनि दाहालका पिता लिलाको २०३१ सालमा कांग्रेसले थालेका ससस्त्र क्रान्तिको समयमा शहिद बनेपछि उनको अविभावकको भुमिका नै कोइराला परिवारले निर्वाह गरेको थियो । उनको शिक्षा दिक्षाको ब्यावस्था पनि कोइराला परिवारले नै गरेको हो । सभापति कोइरालाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि दाहाल पनि कोइराला बसको सुजाताको निवास मण्डीखाटारमा नै थिए । कोइरालाको प्राणत्याग गरेको अवस्थामा पनि दाहाल मण्डीखाटारमा नै थिए । सो समयको अनुभव सुनाउदै दाहालले राजधानीसंग भने– आफ्नो पिताजीको निधन भएको थाहा पाइन, जम्मा पाँच बर्षको थिए पिताजीको निधन भएको अवस्थामा पिताजीका बारेमा नै सानोबुबा बाट थप जानकारी पाए। सानै देखि कोइराला परिवारमा नै हुर्केको उहाँको निधन भएको क्षण नै आफ्नो पिताजीको निधन भएको क्षण जस्तो लाग्यो ।

दाहालले कोइरालाको सहयोगी भएर प्रतिनीधि सभा बिधटन देखि संविधान सभाको निर्वाचन सम्म काम गरेका थिए । संविधान सभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यमा पार्टीले टिकट दिएपछि भने उनी कांग्रेस राजनीतिमा पुर्णरुपले होमिएका छन । उनि कांग्रेस महासमिति सदस्य समेत हुन । कोइरालाले माओवादीसंग वार्ता प्रक्रियामा समेत दाहाल नै सहयोगी थिए । दाहालले भने राजाले होल्लेरीमा सेनाले असहयोग गरेपछि कोइरालाले राजीनामा दिए र उनले संगै माओवादीसंग वार्ताका लागि सम्पर्कसुत्रहरुको खोजीमा थिए । सो खोजीको क्रममा दाहाल मार्फत नै पत्रकार कृष्णसेन इच्छुक कोइराला र माओवादीबचिको पहिलो सम्पर्क सुत्र भएको पनि दाहालले खुलासा गरे । उनले भने– सानोबुबाले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि मुलुकलाई जारी ससस्त्र युद्धबाट मुक्त दिलाउन चाहानुहुन्थ्यो अनि बिभिन्न माध्याम लगाएर कृष्णसेन मार्फत मैले पहिलो सम्पर्क गराएको थिए । दाहालले भने– इच्छुक नै कोइराला र माओवादीबीचको पहिलो सम्पर्क सुत्र थिए । त्यही कारणले उनको हत्या भएको मलाई शंका छ ।

उनले कृष्णसेना इच्छुकलाई कोइराला र माओवादीबीचको सम्पर्कको काम गरेको जानकारी भएकाले नै सेनाले हत्या गरेको हुनसक्ने आशंका आफुलाई रहेको पनि राजधानीसंगको कुराकानीमा भने । उनले कोइराला संग इच्छुकले पटक पटक महाराजगञ्जस्थित भतिजा डा. शशाक कोइरालाको निवासमा नै भेटेका थिए । उनि मार्फत कोइरालाले प्रचण्डसंग समेत कुराकानी गरेका दाहालले राजधानीलाई बताए । कोइरालाको दोश्रो सम्पर्क सुत्र तत्कालिन एकता केन्द्र मशालका नेता एंव माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश मार्फत प्रचण्डसंग कुराकानी भएको थियो । कोइरालाले नारायणकाजीसंग भने राजधानीका धेरैै ठाँउहरुमा भेटवार्ता गरेका छन । माओवादीलाई वार्तामा ल्याउन कोइरालाले कम्तिमा तीन बर्ष खर्चेका थिए । प्रकाशसंग कोइरालाले कुराकानी गरेका जानकारी परिवारका सदस्इहरुलाई सेमत जानकारी नभएको दाहालले बताए । उनले भने– कुराकानी हुने ठाँउको सानोबुबासंग व्यावस्था गरेर म नारायणकाजीलाई लिन जान्थे अनि त्यसको केहि पछि मात्र उनि आउथे, परिवारका कोहि सदस्यलाई को हो भन्ने जानकारी नै हुदैनथ्यो । उनका अनुसार कोइरालाले प्रकाशसंग माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका वार्ता अधिकांश वीपी पुत्र श्रीहर्ष कोइरालाको घर प्रयोग गरेका छन । त्यो बाहेक उनले छोरी सुजाताको घर अनि पशुपति क्षेत्र बिकास कोषका सदस्यसचिव सुशिल नाहाटाको डेरा, र उनले छोरा मानेका सुरेश कोइरालाको घरमा समेत नारायणकाजी श्रेष्टसंग कुराकानी गरेका खुलासा गरे ।

राजाको एकढंगबाट प्रत्यक्ष शासन नै जस्तो थियो, सानोबुबाले होल्लेरीमा सेनाले असहयोग गरेर राजीनामा गरेपछि कोइराला निवासको वरपर सिआइडीहरु घुमफिर गरिरहेका हुन्थे । उहाँले त्यो बेला ने भन्नुभएको थियो, दाहलले राजधानीलाई भने– कुराकानी होसियार पुर्वक गर्नुपर्छ क्रान्ति भनेको त्यसै सफल हुदैन, आफ्नै मान्छेको समेत बिश्वास हुदैन । त्यसैले कृष्णसेन इच्छुकलाई भेष बदलेर आउन भनिन्थ्यो । उहाँ पनि अत्यन्तै बुढो मानिस जस्तो भएर महाराजगञ्जस्थित कोइराला निवासमा आउनुहुन्थ्यो । उहाँसंग कोइराला निवासमा नै कुराकानी भएकाले सेनाले पक्राउ गरि हत्या गरेको हो भन्ने मलाई लाग्छ । शंकाको कुरा गर्दा कोइरालाले ३०३१ सालतिरको समेत कुरा गरेका दाहालले बताए ।

उनले भने– ३१ सालको ससस्त्र क्रान्तिको समयमा भारतबाट लिला ठगी गोकर्णलाई बम दिएर पठाउदा पनि हाम्रै साथीहरुले गद्दारी गरेकाले ओखलढुंगा काण्ड र तिम्रा पिताजी मारिनुभएको सानोबुबाले बताउनुभएको थियो । उनले कोइरालाको भनाई उदृत गर्दै भने– बम लिएर राजधानी लिला दाहाल, ठगी दाहाल र गोकर्ण कार्की राजधानी गएको कुरा प्रदिप गिरि र पार्टी कै मान्छे नरबहादुर कार्की हुन । कोइरालाले माओवादीसंगको वार्तामा पटक पटक त्यो कुरा स्मरण गरउदै सजक रहन भन्ने दाहालले भने ।

उनले माओवादीसंग तीन पटकको वार्ता पछि मात्र १२ बुँदे समझदारी भएको बताए । दाहालले राजधानसिंग भने– उहाँले जीवन को अन्तिम कालमा ठूलो जोखिम मोलेर थालेका शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने इच्छा पुरा उहाँ कै जीवनकालमा पुरा हुन सकेन तर नेताहरुले उहाँको इच्छा पुरा गर्नेछन भन्नेमा आशा गर्नुपर्छ ।

दाहालले माओवादीसंगको पहिलो वार्ता दिल्लीको नोयडामा भएको थियो । सो वाताृमा प्रचण्ड, बाबुराम तथा महराको सहभागिता रहेको थियो । निरन्त्र छलफल गर्ने सहमतिका साथ सो छलफल सकिएको दाहालले बताए । सो वार्ता पछि कोइराला उत्साही भएको उनले बताए । १२ बुँदे समझदारी पछि त कोइराला जीवनमा अत्यन्तै खुशि भएको दाहालको अनुभव थियो । दाहालले माओवादीसंग कोइरालाको कुरा गराउनका लागि अलगै मोवाइल नम्बर लिएका रहेछन । प्रिपेड नम्बर लिएका थिए रे त्यो नम्बर कोइराला निवासबाटै चोरी भएको स्मरण उनले राजधानीलाई सुनाए । उनले भने– त्यो फोन बाट प्रचण्डसंग मात्र कुरा हुन्थ्यो अरु कुरा गर्नका लागि मैले मेरो मोवाइल प्रयोग गर्दथे , ्त्यो फोन चोरी भयो, धेरै अनुसन्धान गर्दा पनि पत्ता लागेन ।

त्यो भन्दा पछि मोवाइल फोन रेकर्ड राख्ने शंकाले स्याटलाइट फोन लिएका रहेछन । स्याटलाईट फोन मार्फत नै कोइराला र प्रचण्डका बीचमा कुराकानी हुन्थ्यो , राजाले माघ १९ निम्त्याएपछि पनि कोइराला र प्रचण्डको कुराकानी स्याटलाइट फोन मार्फत भएको दाहालले बताए । कोइरालालाई निवासमा नै नजरबन्द बनाएपछि दाहाललाई समेत पक्राउ गरिएको थियो । कोइराला माओवादीसंग वाताृको समयमा माओवादीले उठाएका शब्दजालबाट भने धेरै हैरान भएको अनुभव दाहालसंग रहेछ ।

दाहालले कोइरालासंग कांग्रेसको इतिहाँस नै जानेका बताए । परिवारको सदस्य झै बसियो, सानोबुबासंग आफ्नो पिताजीका बारेमा जान्ने इच्छुक भयो, त्यही क्रममा  कांग्रेसको इतिहाँस नै सानोबुबा बाट सिके कोइरालालाई स्मरण गर्दै नियाउरो अनुहार लगाएर राजधानीसंग भने । उनले कोइरालालाई अटल अस्था, बिश्वास तथा साहसको प्रतिमुर्तिको संज्ञा दिए । दाहालले भने– उहाँसंग एउटा अनौठो गुण थियो, नजिक पुगेको उत्साही भएर निस्कन्थ्यो साथै सकारात्मक सोचका साथ पनि ।


(गिरिजाप्रसाद कोइरालाको निधनको १३ औं दिनको विषेशांकमा राजधानी दैनिकमा प्रकाशित उहाँका स्वकिय सचिव बालकृष्ण दाहालसंगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्