Logo

अभिनेत्रीले मञ्चमै लुगा खाेलेपछि …



एजेन्सी । फ्रान्सकी एक अभिनेत्रीले मञ्चमै लुगा खाेलेकी छन् । अभिनेत्रीले सीजार अवार्डमा नग्न भएर प्रदर्शन गरेकी हुन् ।

अवार्ड वितरणका लागि मञ्चमा बोलाइएकी अभिनेत्रीले कोरोना भाइरसको महामारीका कारण थलिएको कला तथा साँस्कृतिक क्षेत्रमा सरकारी सहयोग पर्याप्त मात्रा नभएको विरोधमा प्रदर्शन गरेकी हुन् ।

५७ वर्षे अभिनेत्री कोरिने मासिएरो मञ्चमा रगत लत्तपतिएको डंकी (गधा) को कस्ट्युममा आएकी थिइन् । फ्रान्सको अस्कर अवार्डका रुपमा लिइने सीजार अवार्ड समारोह शुक्रबार संक्रमण नियन्त्रणका सम्पूर्ण सावधानी अपनाएर भएको थियो ।

मञ्चमा उपस्थित उनले रगतले लत्तपतिएको कस्ट्युम फुकालेर नग्न भइ प्रदर्शन गरेकी थिइन् । कोरोना भाइरसको महामारीका कारण फ्रान्समा तीन महिना भन्दा बढि समय सिनेमा हलहरु बन्द भएका थिए ।

अभिनेत्री मासिएरोलाई बेस्ट कस्ट्युमको अवार्ड प्रदान गर्नका लागि मञ्चमा बोलाइएको अधिकारीलेहरुले जनाएका छन् ।

तर उनले आफ्नो लुगा फुकालेर सबैलाई आश्चर्यमा पारिन्। उनको लुगामा ‘नो कल्च, नो फ्युचर’ अर्थात ‘सँस्कृति बिना भविष्य छैन’ लेखिएको थियो ।

मासिएरोले प्रधानमन्त्री जेन कास्टेक्सलाई सम्बोधन गर्दै ढाडमा ‘गिभ अस ब्याक आर्ट, जेन’ नारा पनि शरीरमा लेखेकी थिइन् ।

अवार्ड समारोहको क्रममा अरु अभिनेता–अभिनेत्री तथा निर्देशकहरुले सरकारबाट सहयोगको अपिल गरेका थिए । अभिनेत्री मासिएरोले भने त्यो भन्दा अघि बढेर विरोध प्रदर्शन गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्