Logo

महिलाको अपहरण तथा हत्या अभियोगमा लण्डनका प्रहरी अधिकारीमाथि मुद्दा दायर



एजेन्सी । महिलाको अपहरण तथा हत्या अभियोगमा लण्डनका प्रहरी अधिकारीमाथि मुद्दा दायर गरिएको छ । बेलायतको लण्डन महानगर प्रहरीका एक अधिकारीमाथि अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको हो ।

३३ वर्षकी सारा एभरेडको अपहरण तथा हत्या गरेको अभियोगमा ४८ वर्षका वायन कुजेन्समाथि मुद्दा दायर गरिएको एजेन्सीले जनाएको छ ।

अभियुक्त मेट्रो पुलिस अधिकारी कुजेन्स शनिबार वेस्टमिनिस्टर मागिस्ट्राटेस अदालतमा उपस्थित भए । उनी अहिले जेलमा छन्। अर्को सुनुवाई मार्च १६ मा हुने मेट्रो प्रहरीले जनाएको बेतलायती सञ्चारमाध्यमले बताएका छन् ।

एभरेड मार्च ३ मा दक्षिण लण्डनको क्लाप्हाम हिँडिरहेका बेला बेपत्ता भएकी थिइन् । त्यसपछि प्रहरीले सो क्षेत्रमा उनको खोजी गरेको थियो।

ती महिलाको शरीरको भग्नावशेष अन्तिम पटक देखिएको स्थानबाट ५० माइल भन्दा पर भेटिएको थियो। अहिले एभरेडको शरीरको भग्नावशेषको पोस्टमार्टम भइरहेको छ।

मंगलबार प्रहरी जवान कुजेन्सलाई पक्राउ गरिएको थियो भने उनीमाथि शुक्रबार अभियोग दर्ता भएको हो ।

महिलाको अपहरण तथा हत्यापछि बेलायतका महिलाहरुले आफूहरु सडकमा एक्लै हिँड्दा भोग्ने गरेका हिंसा तथा दुर्व्यवहारका घटना साझा गरिरहेका एजेन्सीले बताएको बताएको छ ।

साराको हत्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ।

दक्षिण लण्डनमा भएको प्रदर्शनमा प्रहरीले ज्यादती गरेको छ। सो ज्यादतीको राजनीतिक तहबाटै निन्दा भएको छ। प्रहरीले प्रदर्शनमा सहभागी महिलाहरुलाई हतकडी लगाएको तथा उनीहरुलाई तिरवितर पारेको देखिएको छ।

सुरक्षित ठानिनु पर्ने निकायबाटै आफूहरु असुरक्षित भएको भन्दै महिलाहरुको अगुवाइमा प्रदर्शन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्