Logo

माधव–झलनाथका वाध्यात्मक विकल्प



सर्वोच्चको पछिल्लो फैसलाले नेकपाको एकीकरण अमान्य गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँत्याएपछि प्रचण्डहरुसँग मन मिलेका माधव नोपाल–झलनाथ खनालहरु पुनः केपी ओली नेतृत्वको एमालेमै बस्न विवश भए । सांसद पदको भोल वा अन्य कारणले होइन– एमाले र सूर्य चिन्हप्रतिको लगाव र मोह ओलीभन्दा नेपाललाई अझ बढी छ । एमाले निर्माणमा नेपाल र खनालको योगदान ओलीभन्दा बढी भएका कारण पनि यस्तो भएको हो । खनाल मालेका संस्थापक महासचिव र एमालेको दुईपटक नेतृत्व गरिसकेका नेता हुन् भने नेपालले झन्डै १५ वर्ष उक्त पार्टीको नेतृत्व गरे । यस अर्थमा जतिसुकै अपमानित हुनुपरे पनि एमालेमै बस्नुपर्ने उनीहरुको वाध्यता थियो । तर, ओलीले यही वाध्यता बुझेर पूर्ण रुपले निषेधको राजनीति गर्दै माधव–झलनाथहरुलाई एमालेमा बस्नै नसक्ने अवस्था सिर्जना गर्न खोज्दैछन् ।


ओली यस्तो पार्टीको नेतृत्व गर्न चाहन्छन् कि सो पार्टीमा आफ्नो कुनै आलोचना नहोस्–केवल उनको देवत्वकरण मात्र होस् । एमालेमा देखिएका उनका र उनका हनुमानका गतिविधिले त्यहिं प्रमाणित गरिरहेको छ । माधव–झलनाथ रहेसम्म त्यो सम्भव छैन । त्यही भएर उनले बहुमतको आडमा उनीहरुलाई बस्नै नसक्ने अवस्थामा पुर्याउन खोजिरहेका छन् । माधव–झलनाथलाई एमालेमा बस्न चाहँदा चाहँदै पनि बस्नै नसक्ने अवस्था सिर्जना हुँदैछ । केन्द्रीय कमिटी बैठकको नाममा गरिएको भनिएको निर्णय त्यसैको प्रारम्भिक चरण हो ।


नेपाल–खनाल समूहलाई जानकारी नै नदिई केन्द्रीय कमिटीको बैठक बस्यो भन्नु र त्यसबाट पदाधिकारी हटाउनेदेखि महाधिवेशनको मिति तोक्नु जस्ता निर्णय गरेर ओलीले एमालेमा नेपाल–खनालको ठाउँ नै छैन भन्ने देखाउन खोजेका छन् । यस्तो अवस्थामा माधव–झलनाथसँग दुईवटा विकल्प हुन सक्छन् जुन त्यति सहज भने छैन । जसपाले ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने, अवस्था सिर्जना गर्न भूमिका निर्वाह गर्दै कांग्रेस, माओवादी केन्द्र र जसपाको नेतृत्वमा सरकार निर्माणका लागि आन्तरिक रुपले मद्दत पुर्याउने । सो सरकार बनीसकेपछि राजनीतिक दलसम्बन्धी ऐन पुनः संशोधन गर्न लगाउने र एमालेबाट सांसद पदको सुरक्षासहित विभाजित भएर प्रचण्डहरुसँग एकीकरण गर्दै नयाँ पार्टी निर्माण गर्ने ।

देखि महाधिवेशनको मिति तोक्नु जस्ता निर्णय गरेर ओलीले एमालेमा नेपाल–खनालको ठाउँ नै छैन भन्ने देखाउन खोजेका छन् । यस्तो अवस्थामा माधव–झलनाथसँग दुईवटा विकल्प हुन सक्छन् जुन त्यति सहज भने छैन । जसपाले ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने, अवस्था सिर्जना गर्न भूमिका निर्वाह गर्दै कांग्रेस, माओवादी केन्द्र र जसपाको नेतृत्वमा सरकार निर्माणका लागि आन्तरिक रुपले मद्दत पुर्याउने । सो सरकार बनीसकेपछि राजनीतिक दलसम्बन्धी ऐन पुनः संशोधन गर्न लगाउने र एमालेबाट सांसद पदको सुरक्षासहित विभाजित भएर प्रचण्डहरुसँग एकीकरण गर्दै नयाँ पार्टी निर्माण गर्ने । यो विकल्प माधव–झलनाथहरुको चाहनाले मात्र हुँदैन–जसपा तयार हुनुपर्छ । उसको पछिल्लो गतिविधिले ओलीलाई महन्थ ठाकुर, राजेन्द्र महतोहरुले फेरि पनि समर्थन गर्नसक्ने अवस्थाबारे पनि आशंका बढेको छ । यस्तो अवस्थामा माधव–झलनाथहरुले चलाखीपूर्ण ढंगले कदम चाल्न जरुरी छ । उनीहरुले कांग्रेस र माओवादी केन्द्रलाई तत्काल अविश्वास प्रस्ताव दर्ता गर्न लगाएर फ्लोर क्रस गरेर पनि त्यसलाई पारित गराउने विश्वास दिलाउनुपर्छ । यस्तो अवस्थाका लागि सरकार निर्माण भएको केही समय भित्रै चुनावमा जाने पहिलो शर्त राख्नुपर्छ ।

यो विकल्प रोज्दा झलनाथ–माधवहरुको समूहको सांसद पद जानसक्छ तर छिट्टै निर्वाचन हुने अवस्थामा यसको खासै असर हुने छैन । कांग्रेस–माओवादी केन्द्रले संविधानको धारा १०० बमोजिम दर्ता गरेको अविश्वास प्रस्तावमा माधव–झलनाथले फ्लोर क्रस गरेपछि पारित हुन्छ र ओली सरकार ढल्ने छ । सोही बमोजिम विश्वास प्रस्ताव दर्ता गर्दा प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारलाई धारा ७६(२) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसपछि उनीहरुको सांसद पद गएपनि तत्काल सरकार निर्माणमा कठिनाइ पर्ने हुन्छ । जसपाले असहयोग गर्दा यो सरकारले कथंकदाचित पुनः बहुमत सिद्ध गर्न नसकेको अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले ओली नेतृत्वकै एमालेबाट निर्वाचनमा जानुपर्ने जोखिम बाँकी रहन्छ । तर, माधव–झलनाथहरुलाई जोगाउने अर्को विकल्प सहज छैन ।

निर्वाचन घोषणा भएपछि माधव–झलनाथहरुले प्रचण्डसँग पार्टी एकीकरण गरेर वामपन्थी गठबन्धनको नारासहित चुनावमा ओलीसँग प्रतिस्पर्धा गर्नुपर्ने विकल्प अरु विकल्पभन्दा सहज होला एमालेमा ओलीले उनीहरुमाथि गरिरहेको निषेधको राजनीति र अपमानित व्यवहारले मुलुकको राजनीतिलाई यही दिशातर्फ लैजाने सम्भावना पनि देखिँदैन छ । जुन लोकतन्त्रका लागि उपयुक्त अवस्था होइन ।

प्रतिक्रिया दिनुहोस्