Logo

शेयर बजारमा ३९.२३ अंकको गिरावट, ६ अर्ब २५ करोड माथिको कारोबार



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथोे दिन बुधबार भारी गिरावट आएकोे छ । मंगलबार नेप्से ५९.७० अंकले नेप्से घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा रोकिएकोे थियो ।

नेप्सेका अनुसार आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको छ भने ६ अर्ब २५ करोड ४८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशन रहेका छन् । जसको शेयरमूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्