Logo

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन ५ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।

मंगलबार ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्