Logo

सरकार र विप्लवबीचको वार्ता सकियो



काठमाडौँ । सरकार र नेत्रविक्रम चन्दबीचकाे पहिलो चरणको वार्ता सकिएको छ । वार्ता सकारात्क दिशाउन्मुख रहेको सरकारले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका हुन् ।

हिजो वार्ता टोली गठन गरेको सरकार र विप्लव नेकपाबीच आज वार्ता भएको हो। उच्च सुरक्षाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको हो।

वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहाइ सहितका विप्लव नेकपाको मागका विषयमा छलफल भएको स्रोतले जनाएको छ । सरकारले मंगलबार गृह मन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो ।

त्यसपछि विप्लव नेकपाले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने (दीपक) रहेको वार्ता टोली गठन गरी सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्