Logo

पछिल्लो २४ घण्टामा ४१२७ पीसीआर परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ।

देशभर हालसम्म ९७४ सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ४ हजार १ सय २७ पीसीआर परीक्षण भएको छ ।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्त्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४६, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्