Logo

प्रहरी इन्स्पेक्टरको ‘शिव ताण्डव’ सार्वजनिक (भिडियोसहित)



काठमाडौँ । गायक तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पृथ्वी खनालले ‘शिव ताण्डव’ बजारमा ल्याएका छन् ।

द भोइस अफ नेपाल सिजन २ बाट नेपाली सांगीतिक आकाशमा उदाएका गायक पृथ्वी खनालले बिल्कुलै फरक शैलीमा शिव ताण्डव बजारमा ल्याएका छन् ।

नेपाली लोक मौलिक बाजागाजाद्वारा सम्योजीत संगीतमा गायक पृथ्वी खनालको स्वर र देवेश राइको संगीत संयोजन रहेको छ ।भिडियोमा पृथ्वी र स्वजन रघुबंसीलाई मुख्य भूमिकामा देख्न सकिन्छ । पृथ्वीले भगवान शिवको पूजारीको भूमिका निर्बाह गरेका छन् ।

भिडियोमा ग्रीश्मा भट्टको निर्माण, पीटर गुरुङको छायांकन बिष्णुहरि तिमल्सिनाको सम्पादन र आर सी रिमालको सहायक निर्देशन, पृथ्वी खनालको कथा निर्देशनमा तयार पारिएको निर्माण युनिटले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्