Logo

न्यायाधीशकी श्रीमती लागू औषधको कारोबारमा



काठमाडौं । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेल अवैध लागू औषध ब्राउनसुगरसहित पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई तुलसीपुर उपमहानगरपालिका–५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेकी पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।
ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस्