Logo

संसद पुनःस्थापना गरेर ६ महिनामै निर्वाचन गर्ने डा. रिजालको कार्ययोजना सार्वजनिक



काठमाडौ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संसद पुनःस्थापना भएपनि ६ महिनाभित्रै प्रतिनिधिसभाको निर्वाचन हुने कार्य योजना सार्वजनिक गर्नूृभएको छ ।काठमाडौंमा आयोजित ‘वर्तमानको चुनौती, अवसर र कांग्रेसको भूमिका’ विषय अन्तरक्रियामा नेता रिजालले संसद पुनस्थापना गरेर संविधान ‘ट्रयाक’मा ल्याई प्रतिनिधिसभा निर्वाचन गर्नु उपयुक्त हुने बताउनुभयो ।

‘ शेरबहादुर दाईले निर्वाचन भन्नुभएको छ । रामचन्द्र दाईले संसद पुनःस्थापना भन्नुभएको छ । पुनःस्थापना गरेर संविधानलाई मूलधारमा ल्याएर निर्वाचनमा जाँदा दुवै नेताको एजेण्डा सफल हुन्छ’, रिजालले भन्नुभो । संसद विघटन नेकपाको आन्तरिक बेमेलको परिणाम रहेको भन्दै नेता रिजालले कांग्रेसभित्र विवाद लम्ब्याउन जरुरी नभएको बताउनुभयो ।

पुनःस्थापित संसदले मुलुकको भार बोक्न नसक्ने निश्चित भएको भन्दै रिजालले संविधान जोगाउनका लागि संसद पुनःस्थापना हुन भने जरुरी रहेको बतानुभयो । संसद पुनःस्थापना भएपछि ६ महिनाभित्र चुनाव गराउने गरी नयाँ चुनावी सरकार बनाउन उपयुक्त हुने रिजालको धारणा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संसद पुनःस्थापना गरे आन्दोलन गर्छु भन्नु अधिनायकवादी विचार भएको रिजालको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्