Logo

सर्वोच्च अदालतमा पुगेर किन भेटे प्रधानसेनापतिले प्रधानन्यायाधीशसंग



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले भेट गरेका छन्। थापा सोमबार अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर करिब एक घण्टा बिताएका छन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको निर्माण हुन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएको बताइएको छ ।


नेपाली सेनाको क्याभलरी भएको जग्गामा ‘सर्वोच्च अदालतको भवन निर्माण हुँदै छ त्यस जग्गाका बारेमा छलफल भएको श्रोतले बताएको छ ।

श्रोतले भनेको छ – ‘सरकारी जग्गा भए पनि हस्तान्तरण र प्राप्तिको एउटा प्रक्रिया हुन्छ । त्यो प्रक्रियामा प्रधान सेनापति सेनाको प्रमुख भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले उहाँलाई बोलाउनु भएको हो ।’

प्रतिक्रिया दिनुहोस्