Logo

कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप आज काठमाडौ आइपुग्ने



काठमाडौं । कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं ल्याइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट दिउँसो साढे १ बजे एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ ल्याउन लागिएको जानकारी दिए ।

उनका अनुसार फागुन ५ गते खोप उत्पादक कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप लिने सहमतिअनुसार आइतबार पहिलो चरणमा १० लाख डोज खोप आउन लागेको हो । यसअघि गत माघ ८ गते भारत सरकारले सोही कम्पनीको खोप अनुदानमा उपलब्ध गराएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जनाए । उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्