Logo

प्रदेश २ प्रमुखबाट किन हटाइयो परियारलाई ? किन ल्याइयो राजेशलाई ?



काठमाडौं । सरकारले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।
पूर्व माओवादी नेता तिलक परियारलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखबाट बर्खास्त गरेकी हुन् । परियार २०७६ कात्तिकमा प्रदेश प्रमुख बनेका थिए ।
परियारलाई पदमुक्त गरेलगत्तै मन्त्रिपरिषदकै सिफारिसमा राष्ट्रपतिले रौतहटका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।
प्रदेश २ मा प्रदेश प्रमुख परिवर्तन भएको यो दोश्रो पटक हो । यसअघि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई केपी ओली सरकारले पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
पदमुक्त गरिएका परियारले सरकारले राजनीतिक प्रतिशोध राखेर हटाएको बताएका छन् । आफूँले राजनीतिक आस्थाका आधारमा काम नगरेको भए पनि नेकपामा आएको फुटसँगै आफूँलाई बर्खास्त गरिएको उनको दाबी छ ।
मधेश राजनीतिका विषयमा विद्यावारिधी गरेका झा पत्रकार समेत हुन् । मधेशको भावना समेट्न झालाई प्रदेश प्रमुख बनाइएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्