Logo

त्रिदण्ड धारण गरेका ‘ब्रम्हचारी’ साधुको यौन लिला अदालतले नै पुष्टि गर्यो

कृष्णबहादुरले भन्ने गर्थे, ‘ आगो र स्त्रीलाई छुनु पनि पाप हो मेरो लागि’



काठमाडौं । शिद्धबाबा उपनामले चिनिएका कृष्णबहादुर गिरीले आफ्नै चेली बलात्कार गरेको अभियोगको मुद्दामा अदालत पुगेर बयान दिँदै भनेका थिए – म त्रिदण्ड धारण गरेको आवाल ब्रम्हचारी वैष्णव सन्यासी हुँ । आगो र स्त्रीलाई छुनु पनि पाप हो मेरो लागि ।

ओगो र स्त्री छुन हुँदैन भन्ने मान्यता राख्ने ‘ब्रम्हचारी’ कृष्णबहादुरले आफ्नै चेलीसँग यौन लिला चाहिँ मच्चाएको जिल्ला अदालत सुनसरीले नै पुष्टि गरिदिएको छ । पोहोर कात्तिक महिनामा कृष्णबहादुरले आफ्नै चेलीले शरिर समर्पण गरेपछि यौनकाण्ड मच्चाएको सुनसरी अदालतले ठहर गर्यो ।

महिलाले आफूमाथि जबर्जस्ती करणी गरेको आरोप चाहिँ अदालतले पत्याएन । महिलाले कृष्णबहादुरलाई यौनका लागि बारम्बार आग्रह गरेको र यौन सम्बन्ध भइसकेपछि ‘यो घटना लुकाउन भन्नुस म के गरौं ?’ भन्दै ब्लाक मेलिङ गरेको अदालतको ठहर छ ।

महिलाले कृष्णबहादुरलाई यौनका लागि पटक पटक आग्रह गर्दै एसएमस पठाएको पाइएको थियो । यौनप्यास मेटाइदिनु भन्ने महिलाको चाहनाबमोजिम कृष्णबहादुरले चतरास्थित आफ्नो आश्रममा बोलाएर महिलासँग यौन लिला गरेका थिए । महिलाले यो घटना बाहिर ल्याइदिने धम्की दिएपछि शिद्धबाबाले ‘म माथि करुणा राख नानी, बरु म मेरो लिंग काटिदिन्छु् । यस्तो अपराध कहिले पनि गर्दिनँ ’ भन्दै फोन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्