Logo

सात महिनामा ७४ करोड किमी यात्रा गरेर नासाको यान मंगलग्रह पुग्यो



एजेन्सी । अमेरिकी स्पेस एजेन्सी नासाको मंगल अभियान सफलता साथ सम्पन्न भएको छ । शुक्रबार राति यस अभियानको ‘पर्सिवरेन्स मार्स रोवर’ लाल ग्रहको उपनामले चिनिने मंगल ग्रहको धरातलमा अवतरण गरेको छ ।

रोवरले अवतरण गर्नसाथ पठाएको सन्देश क्यालिफोर्नियास्थित जेट प्रपोल्सन लेबोरेट्रीमा आईपुग्नसाथ परियोजनामा संलग्न व्यक्तिमा खुशियाली छायो । नासाको दश वर्षको मेहनत सफल भयो ।

अमेरिकी ‘स्पेस एजेन्सी’ नासाको ‘पर्सिवरेन्स मार्स रोवर’ पृथ्वीबाट उडेको झण्डै सात महिनापछि मंगल ग्रहमा ओर्लिएको छ । नेपाली समयअनुसार १८ फेब्रुुअरी शुक्रबार राति २ बजेर ४० मिनेटको समयमा यो ऐतिहासिक सफलता पाइयो । रोवरले आफू अवतरण गर्नसाथ क्यालिफोर्नियास्थित ‘जेट प्रपोल्सन लेबोरेट्री’लाई सन्देश पठाएर सूचित गरेको थियो ।

नासाको यस मंगल अभियानको उदेश्य मंगलमा जीवनको संभावना खोज्नु रहेको छ। ‘पर्सिवरेन्स मार्स रोवर’ले मंगल ग्रहको अप्ठेरो भौगोलिक स्थान जेजेरो क्रेटरमा अवतरण गरेको हो m। वैज्ञानिकहरुका अनुसार मंगलको यस ठाउँमा अर्बौ वर्ष पहिला एउटा नदी बग्थ्यो ।

मंगल ग्रहको बदलिएको वातावरण र पर्यावरणले त्यो नदी सुखेर डेल्टामा परिणत भयो। वैज्ञानिकहरुलाई विश्वास छ यस डेल्टाका वरिपरी जीवनका जीवाश्म भेटिन सक्छन् ।

अत्याधुनिक वैज्ञानिक उपकरणले सुसज्जित ‘पर्सिवरेन्स रोवर’ले मंगलको यस स्थानमा खनेर – खोस्रे र त्यहाँ सुक्ष्म जीवनबारे अनुसन्धान गर्ने योजना रहेको छ । ६ पांग्रा भएको ‘पर्सिवरेन्स रोवर’ न्यूक्लियर शक्तिले सञ्चालित हुन्छ। यो नासाको चौथो पुस्ताको अत्याधुनिक रोवर हो। यस अभियानको प्रमुख उद्देश्य यो बुझ्नु रहेको छ, के अर्बौ वर्ष पहिला मंगल ग्रहमा कुनै किसिमको जीवन थियो कि थिएन?

नासाको यो अवतरण निक्कै चुनौतीपूर्ण थियो। एक त नासाले अवतरणका लागि विकट भौगोलिक परिस्थिति रहेको जेजेरो क्रेटरलाई अवततरणस्थल बनाएको थियो, अर्को यसपटकको रोवरको भार एक टनभन्दा बढी रहेको थियो। नासालाई थाहा थियो अवतरणका अन्तिमका सात मिनेट अत्यन्त महत्वपूर्ण हुने छन् ।

प्रतिक्रिया दिनुहोस्