Logo

अमेरिकामा दर्जनौ गाडी दुर्घटना ६ को मृत्यु, ३६ घाइते



एजेन्सी । अमेरिकाको टेक्सस राज्यको राजमार्गमा भएको गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।फोर्टवर्थ शहरको ३५ राजमार्ग वेस्ट९पश्चिम० मा दजनौ गाडी दुर्घटना भएको हो । मौसमका बिहीबार बिहान भएको दुर्घटनामा घाइते ३६ जना अस्पताल भर्नाभएका छन् ।ड्यालस फोर्ट वर्थ र अस्टिन क्षेत्रमा शुन्य तापक्रम हुँदा बरफ थुप्रिएको र जमेको कारण उक्त दुर्घटना भएको जनाइएको छ ।बिहिबार बिहानै ६ बजे टेक्ससको समय अनुसार भएको दुर्घटनामा ७५ देखि १ सय वटा सवारी साधन दुर्घटनामा परेका थिए ।अत्यन्त चिसो मौसम र शुन्य डिग्री भन्दा कम तापक्रम भए पछि १० इन्च बरफ जमेको थियो

प्रतिक्रिया दिनुहोस्