Logo

ओली पक्ष बाहिरिए पोर्चुगलको प्रवासी नेपाली एकता मन्चबाट



पोर्चुगल । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको प्रस्तावसँगै नेपाल कम्युनिष्ट पार्टीमा फुट आएको छ । पार्टीको विधि विधान अबमुल्यन गर्दै पार्टिबाट बाहिरिएको ओलीसमूहसँगै पोर्चुगलको प्रवासी नेपाली एकता मन्चमा पनि रहेका ओली पक्षधरहरू मन्चबाट बाहिरिएका छन् । मन्चका संयोजक गोविन्द पौडेलले मन्च छोडेर बाहिरिएका हुन् । पौडेलले मन्च छोडेपछि गत शुक्रबार मन्चका जेष्ठ सदस्य प्रेमचन्द्र भण्डारीको अध्यक्षतामा गत शुक्रबार बसेको भेलाले रिक्त रहेको संयोजक पदमा राजेन्द्र गौतमलाई चयन गरेको हो । भेलाले गौतमसहित ४५ जनाको कार्यसमिति पुनर्गठन गरेको हो । भेलाले मन्चको सहसंयोजकमा रूपेन्द्र धमला, सहसचिवमा युवराज खनाललाई सर्वसम्मतीले चयन गरेको थियो ।बृहत् भेलाले संयोजक, सहसंयोजक र सहसचिव चयन गरेको भएपनि अन्य रिक्त रहेको पदहरू कार्यसमितिको बैठकले पूर्ति गर्दै जाने नवनियुक्त संयोजक गौतमले जानकारी दिनुभयो । बृहत् भेलाले तीन वटा रिक्त पदमा पदपूर्ति गरेको छ, अब बस्ने कार्यसमितिको बैठकले रिक्त रहेका पदमा पदपूर्ति गर्दै जिम्मेवारी थप गर्दै लाने छौू उहाँले भन्नुुभयो ूअबको नयाँ कार्यसमितिको बैठकले क्षेत्रीय समितिहरू पनि विस्तार गर्दै लानेछौ । मन्चले रिक्त रहेको पदपूर्ति, संगठन विस्तारसम्वन्धि छलफल गर्न गत शुक्रबार भेलाको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्