Logo

प्रमुख कार्यकारी अधिकृत पौडेलले किन छोडे सनराइज बैंक



काठमाडौ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् । चार वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हालेपनि नियुक्तिको १९ महिनापछि पौडेलले राजीनामा दिएका हुन् ।

बैंक सञ्चालक समितिले उनलाई २०७६ असार २९ गते ४ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गरेको थियो । बैंक सञ्चालक समितिले सोमबार डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणालाई नियुक्त गरेको थियो । उनी यसअघि ग्लोबल आइएमई बैंकका सीइओ थिए । सञ्चालक समितिसँगको सम्बन्ध चिसिएपछि सो बैंकमा पनि सीइओ बनेको ११ महिनामै राजीनामा दिएका थिए ।

पौडेलसँग ३ दशक लामो बैंकिङको अनुभव छ । नबिल बैंकबाट करियर सुरु गरेका पौडेलले तत्कालीन एनआइसी बैंकमा ५ वर्ष काम गरेका थिए । त्यसपछि लक्ष्मी बैंक हुँदै ग्लोबल आइएमई बैंकमा काम गरे ।

प्रतिक्रिया दिनुहोस्