Logo

डा. बाबुराम भट्टराईको आँखामा ‘सुशील दा’

७ सालको लिगेसी बोक्ने कोईरालाको अन्तिम नेता



शुसिलजीलाई मैले २०३२/३३ साल देखि नै चिन्दछु । उहांको निश्चित विचारप्रतिको निष्ठा, प्रतिष्ठा प्रतिवद्वतामा कुनै सन्ध्याय रहेन । सम्पूर्ण जीवन लोकतन्त्र प्राप्ति, संरक्षण र संवद्र्वनमा समर्पण गर्नुभयो । उहांको यो योगदानलाई ईतिहासमा अत्यान्त सकारात्मक ढंगले उल्लेख गर्छ भन्ने मलाई लाग्दछ । शुसिलजीसंगको सामिप्यताको सन्र्दभमा विचको चरणमा उहांसग त्यती धेरै संगत गर्ने मौका मिलेन । पछिल्लो शान्ती प्रकृयामा यता आईसकेपछि गिरिजावावुको पृष्ठभूमिमा रहेर काम गर्ने व्यक्तको रुपमा चिनियो २०६२÷६३ पछि । उहांको सहयोगीको रुपमा काम गर्ने व्यक्तिको रुपमा चिने । पछि गिरिजावावुको निधनपछि शुसिल जि पार्टी नेतृत्वमा आउनुभयो । पछिल्लो चरणमा संविधान सभाको दोश्रो निर्वाचन पछि प्रधानमन्त्री पनि बन्नुभयो । त्यस समयमा निक्कै निकट रहेर काम गर्ने मौका मिल्यो ।मेरो निजि बुझाईमा शुसिलजी निष्ठावान, चरित्रवान व्यक्ति हुनुहुन्थ्यो । उहांका कतिपय मूल्य मान्यता थिए त्यसमा उहां दृढ रहनुहुन्थ्यो । त्यसमा पनि हामी स्वभाविक रुपले नै हामी फरक वैचारिक धारको भएकाले उहांसंग सवै कुरामा सहमत हुने कुरै भएन । जस्तै उहांहरुको लोकतन्त्र कुरा गर्दा लोकतन्त्रमा प्रतिवद्व हुनुहुन्थ्यो । लोकतन्त्रप्रति पुर्ण प्रतिवद्व थियो । निरंकुशता विपक्षि, मानवअधिकार, उदावादमा आधारित, वहुदलिय प्रणाली, संसदीय व्यवश्था, स्वतन्त्रता सहितको लोकतन्त्रमा उहां उच्च स्थानमा हुनुहुन्थ्यो ।उहांको शैलीको कुरा गर्दा अन्तत्य सोजो र स्पष्ट व्यक्ति हुनुहुन्थ्यो ।

जे हो त्यो फ्याट्टै वोलिदिने । कहिलेकांही राजनीतिज्ञ नै होईन की जस्तो पनि भान हुन्थ्यो । आफ्नो कुरा गरिसकेपछि अरुले जति भनेपछि तलमाथी नगर्ने । हुनत नेपालमा अलि कति चलख्याई गर्न नजान्नेलाई राजनीतिज्ञ नै होईन भन्ने गरिन्छ । भन्ने एउटा गर्ने अर्को पनि हुने गर्दछ । वास्तवमा राजनीतिमा छलकपट नगरि जे हो त्यो भन्नुपर्छ भन्ने शुसिलजीको मान्यतामा म पनि सहमत छु । शुसिलजी सिधा सिधा बोल्ने व्यक्ति हो । कहिले काही उहांको भनाईले हल्का च्वस्स विजे जस्तो लागेपनि यथार्त बोल्ने बानी मलाई साह्रै राम्रो लाग्थ्यो ।शुसीलजी लोकतन्त्रप्रति ढृड व्यक्ति हुनुहुन्थ्यो । लोकतन्त्रको व्यख्या र वुझाईमा मेरो उहांको केही मतभिन्नता थियो । यद्यपी राष्ट्रियताप्रतिको सवालमा हामी एकै ठाउंमा हुन्थ्यो । लोकतन्त्रको सवालमा उहां पुरानो निरंकुशताको सापेक्षामा प्रगतिशिल भएपनि वर्तमान संघीयता, समावेशीताका सवालमा अलि कन्जरभेटिभ हो कि भान हुन्थ्यो । आफ्नो विचारमा अडिग थियो ।

कैंयो चोटी त वार्ता नै रोकिने अवश्था आउथ्यो । उहांले बोलिसकेपछि छलफल गरेर कन्भिन्स गर्न नसक्ने बानी थाहा पाएपछि धेरै पटक आर्को फेर छलफल गरौंला भनेर बार्ताबाट उठ्थ्यौं । निर्णय गर्ने क्रममामा आफ्नै अडान हुन्थ्यो । निर्णय गरिसके पछि भने त्यसलाई कार्यान्यवन गर्नमा पनि अडान लिनुहुन्थ्यो । उहांमा दोहोरोपना निर्णय हुन्थेन ।२०४८/५०को दशकमा शुसिल र गिरिजा एकै जस्तो लाग्थ्यो । पुरातनशैलीको नेताको रुपमा चिन्थे । पछिल्लो समयमा गिरिजावांवु दलगत स्वार्थ भन्दा माथि उठेर जोखिम उठाएरै राष्ट्रहितका पक्षमा निर्णय गर्नुभयो । शुसिल जिको शुरुमा जड्ता, संकिर्णता देखिएतापनि पछिल्लो समय संविधान जारी गर्ने वेला गिरिजा वावुको हाराहारीमा रहेर निर्णय गर्नुभयो ।हामी संसदीय प्रणालीको विपक्षमा थियौं उहांहरु पक्षमा । तर सहमति र एकताका लागि उहां भन्नुहुन्थ्यो संसदीय प्रणाली होईन, सहमति प्रणाली हो । अन्तरिम संविधानको त्यही नै सन्देश दिएको छ भन्नु हुन्थ्यो ।

शुसिल कोइरालाको निधनसंग संगै २००७ पछि राजनीतिक प्रकृया र नेतृत्वको एउटा युगको अन्त्य भयो भन्ने लाग्छ । ७ सालको लिगेसी बोक्ने कोईरालाको अन्तिम नेता हो । विपि देखि शुरु भएको राजनीति कोईराला परिवारमा त्यो युगको अन्त्य भयो भन्ने जस्तो लाग्छ । हुनन त्यहां अन्य सक्षम व्यक्तित्व पनि हुनुहुन्छ । उहांहरुको सकरात्मक नकरात्मक योगदानको मुल्यांकन त भोली ईतिहांसले गर्ला । विपि देखि गिरिजावावु सम्मान गर्दै कांग्रेसले आफूलाई माथी उठाउने, आधुनिक युग अनुसार नयां लोकतान्त्रि अग्रगामी शक्तिको रुपमा विकास गर्ने मौकाको रुपमा रुपन्तरणको रुपमा लिनुपर्छ । युग वदलियो । एक्काशौं शताब्दीमा शुरुमा न त हिजोको पुराना कम्युनिष्टहरुको मोडल दुनियामा कामकाजी छ नत नवउदारवादी प्रकारको मेडल पनि शंकटमुक्त छ । यस्तो अवश्थामा एक्काशौं शताब्दीले नयां विचार सहितको विकसित विचारमा आधारित नयां लोकतान्त्रिक प्रणालीको माग गरिरहको छ ।

नेपाली कांग्रेस जस्तो पुरानो पार्टीले यो महाधिवेशनमा यी विषयलाई विमर्श गरी आफूलाई नयां ढंगले रुपान्तररण गर्ने मौकाको रुपमा लिनुपर्छ । हामी त नयां शक्ति भनिरहेका छौं । शुसिलजिले छोडेर जानुभएको जुन ठूलो खाडल बनेको छ त्यो भन्दा पर उत्रेर जान आफुलाई रुपान्तरण गर्न सक्यो भने नेपाली कांग्रेसलाई सान्दर्भिक । शुसिलजीको अगुवाईमा बनेको संविधान कार्यान्यवन स्वभाविक रुपमा गर्नुपर्छ । कांग्रेस, एमाले, माओवादी अन्य दलको सवैको सहकार्य विना कार्यान्यवन गर्न सक्छ भन्ने लाग्दैन । उदाहरणका निम्ति केही गल्ती हामीले गरिसकेका छौं । संघीयतामा गईसकेपछि संघीयताको प्रदेश निर्माण गर्ने, सीमांकन गर्ने मान्यता जुन स्थापित भएका थिए । आयोग र समितिको प्रतिवेदनले जुन दिशा निर्देश गरेका थियो त्यसको पाल्ना नसक्दा जुन असन्तुष्टी हाम्रो देशको केही भुभागमा रहयो तराई मेधश, थारु बाहुल्य क्षेत्रमा । त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । अहिले त अलि मत्थर भएजस्तो त देखिन्छ त्यसलाई सवैले सामाधान गर्न नसक्ने हो भने विश्फोटन हुन सक्ने खतरा यथावत छ । अझै पनि कायम छ । त्यसैले दलिय आग्रह, पुर्वाग्रह भन्दा माथी रहेर सवैले सहकार्य गर्नुपर्छ । संविधानलाई कार्यान्यवन गर्ने र संविधानमा रहेका त्रुटिलाई सच्याएर अगाडी बढ्नुपर्छ । तवमात्रै स्वर्गीय शुसिल कोईरालाप्रति सच्चा श्रद्वाञ्जली हुनेछ ।(लेखक पुर्वप्रधानमन्त्री हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्