Logo

चर्चित फुटबलर नेयमारले एक सातामा कति कमाउँछन् ?



एजेन्सी । विश्व चर्चित फुटबलर नेयमारले एक सातामा कति कमाउँछन् ? उनले पाउने रकम सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
थप चार वर्षसम्म पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहने सम्झौता गरेका उनलाई पीएसजीले साताको ६ लाख पाउण्ड दिने छ ।
पिएसजी र नेयमारबीच हालै थप चार वर्षको अनुबन्ध सम्झौता भएको छ । यसअघि सन् २०१७ मा नेयमार पीएसजीमा अनुबन्ध भएका थिए ।
उनी सन् २०१७ मा बार्सिलोनाबाट पीएसजीमा गएका हुन् । पुनः बार्सिलोनामा फर्किने अनुमानका बीच उनी र पिएसजीबीच थप चार वर्षे सम्झौता भएको हो । अब उनी सन् २०२६ सम्म पिएसजीमै रहने छन् ।

प्रतिक्रिया दिनुहोस्