Logo

निशानको आवाजमा टीआरले भने ‘नआउनु है भेट्न’ (भिडियोसहित)



काठमाडौं । गीतकार टीआर गौंडेलको नयाँ साँगीतिक कोशेली ‘नआउनु है भेट्न’ सार्वजनिक भएको छ । उनले यूट्युवमार्फत आफ्नो पछिल्लो साँगीतिक कोशेली सार्वजनिक गरेका हुन् ।
गौंडेलको शव्दलाई सुगम संगीतका नवोदित गायक निशान भट्टराई स्वर दिएका छन् । निशान नेपाल आइडलको पहिलो सिजनका उपविजेता हुन् ।
निशानको एकल स्वर रहेको गीतमा बबुल गिरीले संगीत भरेका छन् । गीतको प्रेममा असफल भएपछि कुलतमा फसेका एक युवकको कथामा आधारित रहेर भिडियो बनाइएको छ । भिडियो निर्देशन गौंडेलले नै गरेका हुन् ।
प्रथम क्षेत्री, रियाशा दाहाल र भीम खड्काले अभिनय गरेको गीतको भिडियोको छायांकन अजय रेग्मी र सम्पादन शिलान लम्सालले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्