Logo

लोक गायीका भण्डारीले दिइन जिवनदान (भिडियो )



काठमाडौ ।लोक गायीका सम्झना भण्डारीले रोईला गीत बजारमा ल्याएकिछन् । रोईला गीतमा आफुलाई स्थापित गर्न सफल गायक शिरिष देवकोटासंग मिलेर गायिका भण्डारीले नयाँ गीत ‘बोलिदेउ आधार’ सार्वजनिक गरेकी हुन। ।

पछिल्लो समयमा नेपाली गीत संगीतमा आफ्नो परिचय फाराकिलो बनाउदै आएकी लोक गायीका सम्झना भण्डारीले आफ्नै युवटुव मार्फत डिजिटल बजारमा सार्वजनिक गरेकि हुन् । गीतमा शिरिष आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने म्युजिक भिडियो समेत उत्कृष्ट बनाएका छन् ।

मौषम हिमालीको निर्देशन रहेको यो गीतमा प्रकास सपुत र गीत ढुङ्गानको उत्कृष्ट नृत्य साथै अभिनय देख्न पाइन्छ । यस गीतको स्वरमा शिरिषलाई साथ लोक गायीका सम्झना भण्डारीले दिएकी छन् । यस अगाडि शिरिषका दर्जनौ लोक तथा रोईला गीत बजारमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्