Logo

प्रतिगमनका छोराछोरीले प्रतिगमनलाई ‘बा’ भन्छन्



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (ओली समूह) अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भनेर संवोधन गर्नेहरुप्रति व्यंग्य कवि अर्जुन पराजुलीले कडा व्यंग्य गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेदेखि संक्षिप्त कवितामार्फत लगातार प्रहार गर्दै आइरहेका कवि पराजुलीले आइतबार ओलीलाई ‘बा’ भन्नेहरुप्रति कटाक्ष गरे ।
उनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्–

‘प्रतिगमनका छोराछोरीले
प्रतिगमनलाई प्रतिगमन भन्दैनन्
बा भन्छन् ।’

उनको यो कविता आज फेसबुक तथा ट्विटरमा भाइरल भएको छ ।
ओलीलाई नेकपाका केही नेता तथा कार्यकर्ताले बा भनेर संवोधन गर्ने गरेका छन् ।
ओलीले संसद विघटन गरेको भोलिपल्ट उनले लेखेका थिए–


‘चुनाव त अब अठहत्तर सालमा हुन्छ महोदय
गन्नोस् कति वर्ष बाँकी छ ? हिजो मात्रै सत्र साल आयो’

प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि कू गरेको उनको निष्कर्ष छ ।
राजनीतिक र सामाजिक चेत भएका कवि पराजुलीले पटक पटक राजनीतिक चरित्रमाथि व्यंग्य गर्ने गरेका छन् । उनले भ्रष्टाचार मौलाएको प्रति पनि त्यस्तै कटाक्ष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्