मुस्कान

तिमी रिसायौ मैले जवाफमा मुस्कान फर्काएँ
बुझिनौ, चुपचाप मैले दिलको मैदान फर्काएँ
कहिले मन पराउँछु भन्यौ, कहिले प्रेम गर्छु
प्रेमको बदलामा मनभरिको सम्मान फर्काएँ
दुनियाँको सामु शिर झुक्न दिन्न भन्यौ मलाई
मैले पनि त तिम्रो लागि नझुकेर शान फर्काएँ।
-सिर्जु शाहको ट्वीटरबाट