Logo

उखु किसानको आन्दोलन प्रति नेपाल बिद्यार्थी संघको ऐक्यबद्धता



काठमाडौ । नेपाल बिद्यार्थी संघ महामन्त्री द्धय दिपक भट्टराई र उर्मिला थपलियाको नेतृत्वमा बिद्यार्थीहरुले उखु किसानहरुको मागप्रति ऐक्यबद्धता जनाएका छन् । उनीहरुले किसानहरुको माग पूरा गरी जतिसक्दो चाँडो राहत दिलाउन सरकारसँग आग्रह गरेका छन् । उनीहरूले आइतबार माइतीघर मण्डलमा नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएको प्रति मिल मालिक र सरकारलाई गंभिरहुन समेत भनेका छन् । किसानहरुप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार माग गरेको महामन्त्री दिपक भट्टराईले बिकासटाइम्सलाई बताएका छन् । शनिबार उखुको भुक्तानी माग्न चिसो झेल्दै किसानहरु काठमाडौं आइपुगेका छन् । किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्