Logo

मोना भन्छिन्, ‘बच्चाको योजना छैन, मेरो डिम्ब चिस्याएर राखेकी छु’



एजेन्सी । पुरुषको स्पर्म भए झै महिलाको ओभम हुन्छ । यी दुईकाे मिलनबाट भ्रुँण तयार हुन्छ । चिकित्सा विज्ञानले यस्तो विकास गरिसकेको छ कि अब महिलाहरू आफ्नो ओभम अर्थात डिम्ब चिस्याएर सुरक्षित राख्न सक्छन् । महिलाको शरिरमा कुनै खराबी आयो भने पनि सुरक्षित गरिएको डिम्बबाट बच्चा जन्माउन सकिन्छ ।

३४ वर्षको हुँदै भारतीय टेलिभिजन अभिनेत्री मोना सिंहले आफ्नो डीम्ब चिस्याएर सुरक्षित राखेको बताएकी छिन् । उनले एक भारतीय मिडियासँगको कुराकानीका क्रममा भनेकी छिन्, ‘म अहिले बच्चा जन्माउन चाहन्न । मेरो पतिसँग विश्व भ्रमण गर्न र रमाउन चाहन्छु । यसकारण मैले मेरो डिम्ब चिस्याएर सुरक्षित गरेकी छु । ’

आफ्नो डिम्ब चिस्याएर राख्ने सम्बन्धमा उनले एक गाइनोकोलोजिस्टको सहयोग लिएको र यसमा उनकी आमा पनि प्रशन्न भएको मोनाको भनाइ छ ।
‘जस्सी जैसी कोही नही’ नामक टिभी धाराबाहिकबाट चर्चा कमाएकी मोनाले गत वर्ष श्याम गौपालनसँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्