Logo

होम आइसोलेसनमा बस्दा मानसिक समस्या भयो ? यसो गर्नुस्

मानसिक रोग विज्ञहरु यस्तो सल्लाह दिन्छन्





काठमाडौं ।
कोभिड १९ को संक्रमणका कारण यतिबेला अस्पतालमा भन्दा होम आइसोलेसनमा बस्नेहरुको संख्या बढी छ । यो अवस्थामा मानसिक समस्या आउन सक्ने भन्दै मनोचिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । विश्वभरका चिकित्सकहरुले यस्तो अवस्थामा अपनाउनुपर्ने सावधानी र आनीबानीका बारेमा सरकारदेखि सर्वसाधारणलाई पनि सचेत बनाइरहेका छन् ।
खासगरी होम आइसोलेसनमा बस्दा एक्लोपन हुने र समाजमा पनि हेयको दृष्टिले हेर्ने हुँदा त्यसबाट जोगिन निम्न सावधानी अपनाउनुपर्ने र आफूलाई सक्रिय बनाउनुपर्ने चिकित्सकहरुको सुझाब छ ।

१. एक्लै बस्नु र एक्लो महसुस गर्नु फरक कुरा हो। भीडमा बस्दा पनि मान्छे एक्लो हुन सक्छ तर एक्लै बस्दा पनि एक्लो नलाग्न सक्छ। त्यसका लागि अरू माध्यमबाट व्यस्त रहन सकिन्छ। सामाजिक सञ्जाल र अन्य माध्यमबाट आफन्त र साथीभाइसँग कुरा गर्न सकिन्छ।
२.व्यायामहरू गर्नुपर्छ। यसले रोगसँग लड्ने क्षमता बढाउँछ।
३. पुस्तक पढ्ने, मोबाइलबाट सकारात्मक भिडिओ हेर्ने, सामाजिक सञ्जाल चलाउने, साथीभाइ र आफन्तसँग कुराकानी गर्ने अनि सुत्ने लगायत कामको तालिका बनाउनुपर्छ। यसो गर्दा समय सजिलै बित्छ भने एन्जाइटी र डिप्रेसनको समस्या पनि हुँदैन।
४. पहिला पनि धेरै खालका समस्या भोगेर आएकै हो, बिरामी पनि भएकै हो। त्यसैले यो ठूलो समस्या होइन भन्ने ठान्नुपर्छ।
५. अन्य देशको तुलनमा नेपालमा निको हुने मात्रा ठूलो छ। त्यसैले आशावादी हुनुपर्छ। डर देखाउनेसँग भन्दा सकारात्मक कुराकानी गर्नेका कुरा सुन्नुपर्छ।
६. एक, दुइटा दुःखद घटना भन्दा पनि लाखौंले रोग जितेका घटनामा चासो राख्नुपर्छ। उमेरले गर्दा केही हुने हो कि भनेरसमेत धेरै सोच्नु हुँदैन।
७. रमाइलो लाग्ने विषयवस्तुमा ध्यान दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्