Logo

१६७४ नयाँ संक्रमितमध्ये उपत्यकामा मात्रै ८९९

संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुग्यो



काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर कूल ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, कूल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । तीमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । कूल मृतकको संख्या १ हजार ३०५ पुगेको छ ।
त्यस्तै, मन्त्रालयले हाल देशभर २४ हजार ९ सक्रिय संक्रमित रहेकोमा १७ हजार २०६ जना होम आइसोलेसनमा, ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।
पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा मात्रै ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।
त्यस्तै, कास्कीका ७५ जना, चितवनका ६१, झापा र रुपन्देहीका ५७, ५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३, ३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७, ७ जना, पर्वत, डडेलधुरा र बझाङका ६, ६ जना, सुनसरी, बारा र लमजुङका ५, ५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४, ४ जना, महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३, ३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २, २ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १, १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्