Logo

नेकपा विवाद : सुरेन्द्र पाण्डे सहभागि कार्यक्रममा ओली पक्षधरको अवरोध (भिडियो सहित)



सत्तारुढ नेकपाको केन्द्रमा देखिएको विवादको असर क्रमश जिल्ला जिल्लामा देखिन थालेको छ । चितवन जिल्लाबाट निर्वाचित सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागि कार्यक्रममा केपी ओली निकट नेता कार्यकर्ताहरुले अवरोध गरेका छन् ।

पाण्डे माधव नेपाल निकट नेता मानिन्छन् । शनिबार चितवनको राप्ती नगर कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओली पक्षले माधव नेपाल पक्षका नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेविरूद्ध नाराजुलुस गरेका छन् ।

बैठक विथोल्ने प्रयास गरेको नेताहरूले बताएका छन् । राप्ती नगरपालिका पाण्डेको आफ्नै गाँउ हो । बैठक चलिरहँदा त्यहाँका मेयर प्रभा बरालसँगै प्रवेश गरेका समुहले नारावाजी गर्दै कार्यक्रम विथोलेका थिए ।

उनीहरूले जबज जिन्दावाद, मदन भण्डारी फाउन्डेसन जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्