Logo

चिनियाँ रक्षामन्त्रीको भ्रमणको बाहनामा नेकपाको बैठक रोक्ने तयारी



चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेकपाको विवादको चरम अवस्थामा नेपाल आउन लागेका छन् । वेई फेङ्हे नेकपाको सचिवालय बैठकको भोलीपल्ट नेपाल आउदै छन् । नेकपाले सोहि बाहनामा सचिवालयको बैठक केहि दिन पर धकेल्ने तयारी थालेको छ ।

वेई फेङ्हेको भ्रमणमा विवाद नदेखाउनका लागि मंसिर १३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको लिखित प्रस्ताव पेश गर्ने र प्रस्ताव अध्ययन गर्ने भन्दै दुई दिन बैठक स्थागित गर्ने तयारी भएको छ । नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छी ले पटक–पटक नेकपा एकताका लागि ओली लगायत प्रभावशाली र उपल्लो तहका नेताहरुसँग भेटघाट गर्दै आएकी छन् ।

चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले समेत नेकपाका नेताहरुलाई भेटेर विवाद समाधानका लागि सुझाव दिने बताइएको छ । प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसंग भेट गरेपछि असंतुष्ट चीनलाई फेरि राष्ट्रपति विद्या भण्डारीले सकारात्मक बनाएपछि भारतीय विदेशमन्त्रीको भ्रमणसकिए लगतै चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल आउन लागेका हुन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहालले यसअघि नै पेश गरिसकेको राजनीतिक प्रस्तावमा ओलीमाथि भ्रष्टाचार, आफन्तवाद, अधिनायकवाद आदिको अभियोग लगाइनुका साथै ओलीलाई पद त्यागको लागि आग्रह पनि गरिएको छ ।

दाहालले उक्त प्रस्ताव फिर्ता लिन ओली पक्षले गरेको आग्रहलाई अस्वीकार गरेपछि ओलीले ल्याउन लागेको प्रस्तावमा दाहालविरुद्ध गम्भीर आरोप र अभियोग सामेल गरिने अनुमान पार्टी भित्रै गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्