Logo

ट्रम्प इतिहासकै गैरजिम्मेवार राष्ट्रपति भएको अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा



काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प इतिहासकै गैरजिम्मेवार राष्ट्रपति भएको बताएका छन् । ट्रम्पले चुनावी पराजय अस्वीकार गरेको विषयलाई बाइडेनले उनका अभिव्यक्तिहरुको भत्सर्ना गरेका हुन् ।

डोनाल्ड ट्रम्पले गैरजिम्मेवार अभिव्यक्ति सन्देश दिइरहेको उल्लेख गर्दै बाइडेनले ट्रम्पलाई आफू चुनावमा हार्छु भन्ने जानकारी भएकाले यस्तो व्यवहार प्रस्तुत गरिरहेको आरोप लगाए।

उता चुनावमा धाँधली भएको भन्दै कानुनी उपचार खोजिरहेका ट्रम्पले विभिन्न राज्यका विधायकलाई ह्वाइटहाउसमा बोलाएर आगामी रणनीतिबारे छलफल गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचनमा ट्रम्पले २ सय २३ मत प्राप्त गर्दा बाइडेनले ३ सय ६ इलेक्ट्रोल मत ल्याएका छन्। जसलाई ट्रम्पले स्वीकार्न चाहेका छैनन्। हरेक राज्यले निर्वाचनको मत परिणाम बुझाउनुपर्ने समय नजिकिएको छ। तैपनि ट्रम्पले सफलता पाउने कुनै आधार देखिदैन ।

ट्रम्पले अझै पनि जित्ने दाबी गरिरहँदा त्यसलाई साकार तुल्याउन कम्तिमा पनि ३ राज्यमा आएको मत परिणामलाई उल्ट्याउन सक्नुपर्छ । तर त्यस्तो सम्भावना छैन । बिहीबारमात्रै जर्जियाले पुन मत गणना गर्दा पनि बाइडेनले नै जितेको सार्वजनिक गरेको छ । जसबाट ट्रम्पको सपनामाथि थप प्रहार भएको छ।

बाइडेनले डेमोक्रेट र रिपब्लिकन दुवै खेमाका गभर्नरहरुसँग भर्चुअल छलफलमा ट्रम्पको सन्देशले विश्वव्यापी रुपमा अमेरिकाको बद्‍नाम गराएको उल्लेख गरेका छन् । अमेरिकी इतिहासमा सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रुपमा ट्रम्पले आफूलाई स्थापित गरेको उनको बाइडेनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्