Logo

चीनियाँ खोप पनि प्रभावकारी देखिँदै




फाइजर र मोदेर्नापछि चीनमा विकास गरिएको कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको छ ।
खोपको विकासमा संलग्न अनुसन्धानकर्ताहरुले मध्य तहको परीक्षणमा प्रभावकारी नतिजा दिएको बताएका छन् ।
चीनमा कोरोना भाइरस विरुद्ध धेरै खोपहरु विकास भइरहेका छन्, त्यसमध्ये केही सीमितले मात्रै आकश्मिक प्रयोगका लागि स्वीकृत पाएका छन् ।
सिनोभाक बायोटेकले विकास गरेको खोप झण्डै ७०० जनामा परीक्षण गरिएको र नजिता सकारात्मक देखिएको अनुसन्धानकर्ताको दाबी छ ।
खोपले प्रतिरक्षा प्रणाली विकास गरेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।
फाइजर तथा मोदेर्नाले विकास गरेका खोप अन्तिम चरणको परीक्षणमा प्रभावकारी देखिएका बेला चीनमा विकास गरिएको अर्को खोपको दोस्रो चरणको परीक्षणमा सकारात्मक नतिजा आउँदा कोभिड नियन्त्रणमा थप आशा पलाएको छ ।
फाइजरको प्रभावकारिता ९० प्रतिशत तथा मोदेर्नाको प्रभावकारिता झण्डै ९५ प्रतिशत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्