Logo

खुलामन्चबाट थापाथली सर्यो निःशुल्क खाना



खुलामञ्चमा खुवाउँदै आइएको निःशुल्क खाना आजदेखि थापाथलीमा खुवाउन थालिएको छ ।
काठमाडौं महानगरपालिकाले मंसिर २ गते मंगलबारदेखि खुलामञ्चमा खाना खुवाउने काम व्यवस्थित ठाउँमा गर्न आग्रह गरेको थियो। तर, महानगरले ठाउँ व्यवस्था नगरिदिएपछि मंगलबार खुलामञ्चमै खाना खुवाइएको थियो।
बुधबारदेखि भने थापाथलीस्थित प्रसूति गृह पछाडिको चौरमा खुवाउन थालिएको हो । महानगरले व्यवस्थित ठाउँको प्रवन्ध नगरिदिएपछि ुप्रसूति गृह पछाडि रहेको चौरमा खाना खुवाउन थालिएको हो ।
हाम्रो टिम नेपालले काठमाडौंमा करिव पाँच सय जनालाई खाना खुवाउँदै आएको छ ।
गत चैत ११ गतेदेखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परेका व्यक्तिहरूलाई चैत १४ गतेदेखि हाम्रो टिम नेपालले खाना खुवाउँदै आएको छ।
महानगरपालिकाले अव्यवस्थित रूपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्